संरक्षणको अभावमा ठाँटी, पाटीपौवा मासिन थाले
गोरखापत्र अनलाइन
चैत्र ६, २०७७ शुक्रबार
तनहुँको सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । नयाँ नबनाउने र पुरानोका संरक्षण नगरिएकोले पाटीपौवा विरलै देखिने गरेको छ । बटुवाहरु बास बस्ने, काम गरेर थाके पछि थकाइ मेट्ने, काम तथा हिड्ने क्रममा हावाहुरी, असिनापानी आउँदा ओत लाग्न प्रयोग हुने ठाँटीपौवाहरु संरक्षणको अभावमा भत्कन थालेका हुन् ।