राष्ट्रलाई भ्रष्टचार मुक्त गरेर जनतालाई न्याय दिनुपर्छ : रामचन्द्र पौडेल
गोरखापत्र अनलाइन
मंसिर २४, २०७८ शुक्रबार
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्र्टी नयाँ युगमा प्रवेश गर्ने बताउनुभएको छ ।
‘नेपाल राष्ट्र र नेपाली कांग्रेसलाई रुपान्तरण गर्न १४ औँ महाधिवेशन महत्वपूर्ण बन्छ’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘महाधिवेशनले पार्टीलाई नयाँ युगमा प्रस्थान गर्नेछ ।’