‘राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा सबै दल एक हुनुपर्छ’
रासस
मंसिर २४, २०७८ शुक्रबार
राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा देशका सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिनुभएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले राष्ट्रियताका विषयमा निकास दिने गरी सबै दलले विचार बनाउनुपर्ने बताउनुभयो । देशमा देखिएका विभिन्न खाले समस्या समाधानमा पनि दलीय एकता हुनुपर्नेमा जोड दिनुहँदै उहाँले...