संविधानमाथि असन्तुष्टि अझै छ : महन्थ ठाकुर
गोरखापत्र अनलाइन
मंसिर २४, २०७८ शुक्रबार
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अझैसम्म आफूहरुको असन्तुष्टि संविधानसँग रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिनेक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘हाम्रो असन्तुष्टि अझै पनि संविधानसँग छ’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘संविधानको मस्यौदा सार्वजनिक भएसँगै असन्तुष्टि प्रकट हुँदै आएको कुरा सबैलाई थाहा छ ।’