सार्क पुनः जीवनका लागि उच्च राजनीतिक नेतृत्वको प्रयासको अपेक्षा
रासस
मंसिर २१, २०७८ मंगलवार
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाइरहँदा अफगान सङ्कट र सङ्गठनको १९ औँ शिखर सम्मेलनको अनिश्चितताले उनीहरूलाई पिरोलिरहेको छ । अतिवादी समूह तालिवानले अफगानिस्तानको शासन व्यवस्था बलपूर्वक आफ्नो हातमा लिएपछि सङ्गठनको कान्छो सदस्य राष्ट्रको भविष्य अन्योलग्रस्त मात्र भएको छैन अपितु भारत...