साना दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने
गोरखापत्र अनलाइन
चैत्र २, २०७८ बुधबार
र्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका ७३ साना राजनीतिक दललाई चुनाव चिह्न दिने भएको छ। बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा चुनाव चिह्न दिने निर्णय गरेको हो।
चुनाव चिह्न लिन चाहने दलले आफू सक्रिय रहेको जानकारी आयोगको केन्द्र र जिल्लामा गराउनुपर्नेछ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेका दलका उम्मेदवारबाहेकले सोही दलको चुनाव चिह्न पाउने...