स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्नु हुँदैनः अध्यक्ष ओली
रासस
फाल्गुन २७, २०७८ शुक्रबार
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्न नहुने बताउनुभएको छ। प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताउनुभयो।
सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उहाँले...