‘सरकारले अभिव्यक्ति स्वतन्त्रता सङूकुचन हुने कानुन ल्याउँदैन’
रासस
फाल्गुन २७, २०७८ शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले यस्तो बताउनुभएको हो।