अर्जुन काफ्ले
स्याङ्जा, जेठ १९ गते । कोरोना सङ्क्रमणको आशङ्कामा पीसीआर परीक्षण गरेर नेगेटिभ आएका धमाधम घर फिर्ता हुन थालेका छन् । भारतमा रेल सञ्चालन भएसँगै स्याङ्जा आएकामध्ये पीसीआर नेगेपटिभ आएका १५८ जना घर फर्केका हुन् ।
यहाँका भिरकोटबाट ४६ जना, वालिङबाट ३६ जना, गल्याङ्बाट २५ जना, चापाकोटबाट २० जना, आधिखोलाबाट नौ जना, कालिगण्डकीबाट छ जना, अर्जुन चौपारीबाट छ जना, फेदिखोलाबाट दुई जना घर फिर्ता भएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानाकारी दिनुभयो ।
यहाँ भारतबाट आएको छ देखि नौ दिनसम्म पीसीआर परीक्षण गरेर नेगेटिभ आएकालाई १० दिनपछि घर फिर्ता गरेको शर्माले बताउनुभयो । आठ जनामा पीसीआर नेगेटिभ आएर पनि पुतलीबजारले भने १४ दिन क्वारेन्टाइनमा राखेर छोड्ने बताएको छ ।
पीसीआर नेगेटिभ भनेको कोरानो नभएको देखिने भएकाले घरमा सर्तकर्ता अपनाउन भन्दै छोडिएको शर्माले बताउनुभयो ।
स्याङ्जामा ४०२ जनाको पीसीआर टेष्ट गरिएकोमा १२० जना भारतबाट आएकाहरू नभएकाे र १४ दिन क्वारेन्टाइनमा राखिएको बताउँदै शर्माले १०९ जनाको नतिजा आउन बाँकी रहेको बताउनुभयो ।
पीसीआर परीक्षण भएकामध्ये सात जनाकाे भने कोरोना पोजिटिभ आएको बताउनुभयो ।