logo
२०८१ फाल्गुन १४ बुधवार



कर्णालीमा थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २३३ पुग्यो

प्रदेश |


कर्णालीमा थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २३३ पुग्यो


कमल शर्मा
दैलेख,जेठ १९ गते । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय, सुर्खेतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कर्णालीका तीन जिल्लाका ३४ जनासहित सुदूरपश्चिम प्रदेशको एक जिल्लाका एक जना गरी थप ३५ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

थप सङ्क्रमण पुष्टि भएका सुर्खेतको लेकबेँसी नगरपालिका - १ का २१, २२, २२, २४, २६, २९, ३६ वर्षीय पुरुष, ८ वर्षिया बालिका छन् । लेकबेँसी - २ का २४ वर्षीय पुरुष सोही नगरपालिका - ३ का ३६, ६१ वर्षीय पुरुष लेकबेँसी - ५ का २५ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका - १० का, २५ वर्षीय पुरुष भेरीगङ्गा नगरपालिका - ११ का चार वर्षीय बालक २५, ६० वर्षीया महिला रहेका छन् ।

दैलेखका थप कोरोना सङ्क्रमित नारायण नगरपालिका - १ का १७, १९ वर्षीय पुरुष, नारायण - ३ का २७, ३०, ३१ वर्षीय पुरुष, नारायण- ८ का १७, २३ वर्षीय पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका - ७ का ४५ वर्षीय पुरुष, नौमुले गाउँपालिका - २ का २८ वर्षीय पुरुष रहेका छन् ।

सल्यानका कोरोना सङ्क्रमित वनगाड कुपिन्डे नगरपालिका - ३ का १७, १७, १९, १९ वर्षीय पुरुष, वनगाड- ४ का २२, २४, २५ वर्षीय पुरुष, वनगाड - ६ का २३, २४ वर्षीय पुरुष छन् । अछाम जिल्ला चौरपाटी गाउँपालिका - २ का ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर २ सय ३३ जना कोरोनाका बिरामी फेला परेको भए पनि दैलेखमा मात्र १०७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?