logo
२०८१ फाल्गुन १५ बिहीवार

 सुर्खेतमा क्वारेन्टाइनबाट घर गएका युवाको मृत्यु 



राती एक्कासि घाँटीमा घ्यारघ्यार आवाज आयो, १५ मिनेटमै प्राण गयाे

प्रदेश |


राती एक्कासि घाँटीमा घ्यारघ्यार आवाज आयो, १५ मिनेटमै प्राण गयाे


मुना हमाल
सुर्खेत, जेठ २२ गते । सुर्खेतमा क्वारेन्टाइनमा बसेर घर फर्किएका एक जना युवाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा १, हाँसे गाउँका २० वर्षीय युवाको बिहीबार बिहान मृत्यु भएको हो । उनी जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए ।
बुधबार आरडीटी परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि उनीसँगै पाँच जना घर गएका थिए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बुधबार दिउँसो तीन बजे उनीहरू क्वारेन्टाइनबाट घर हिडेका बताउनुभयो । घर गइसकेपछि परिवारबाट टाढा रहेर एक हप्ता होम क्वारेन्टाइनमा सुरक्षित भएर बस्न सुझाव दिएकाले उनीहरू गाउँमै भएको सामुदायिक भवनमा बस्ने गरी रात ११ बजे पुगेको प्रमुख थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घर नजिकै मौरी पालनका लागि निर्माण गरिएको सामुदायिक भवन भएकाले घरमा बस्नुभन्दा सामुदायिक भवनमा बस्ने र घरबाट खाना ल्याउने गरी त्यही बस्ने तयारी गरेका रहेछन् ।’
वडा नं १ का अध्यक्ष धनबहादुर थापाले बिहान २ बजे बिरामी भएको खबर आएको र त्यहाँ पुग्दा मृत्यु भइसकेको बताउनुभयो । खाना खाएर सुतेपछि एक्कासि घाँटी घ्यारघ्यार भएको १५ मिनेटमै मृत्यु भएको सँगै भएका साथिहरूले जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।
उहाँले युवाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर वीरेन्द्रनगरमा परीक्षणका लागि पठाउने तयारी भएको जानकारी दिनुभयो । पीसीआर रिपाेर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको हो भनेर खुल्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?