नवीन शिशिर विक
बागलुङ, भदौ २ गते । बागलुङ नगरपालिकाको समुदायस्तरका कोरोना संक्रमण फैलिए पछि एक साताको लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कमाण्ड पोष्ट र सरोकारवालाबीचको बैठकले मंगलबार राती १२ बजेदेखि भदौ ८ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
सोमबार बागलुङ नगरपालिका–३ मा कुखुरा व्यवसाय गर्दै आउनुभएकी ३० वर्षिय महिलामा कोरोना पुष्टि भएको थियो । घरमै रहनुभएकी महिलामा कोरोना कसरी स¥यो भन्ने बारे कुनै ट्रावल्स हिस्ट्रि छैन ।
समुदायस्तरमा कोरोना देखिएको र संक्रमितको संख्या थपिदै गए पछि बागलुङ नगरपालिकाले एक साताको लागि कार्यालय तथा वडाबाट प्रवाह हुने अति आवश्यक बाहेकका सेवा रोकेर बन्दाबन्दी गर्ने निर्णय गरेको थियो । नगरपालिकाको सिफारिस अनुसार निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
बैेठकले बुवाको मुख हेर्ने दिन ऋषिपञ्चमी, हरितालिका तिज, लगायतका चाडपर्वहरु एवं सार्वजनिक स्थलहरुमा सभा, सेमिनार, बार्षिकोत्सव, जस्ता कार्यक्रम गर्न रोक लगउने र त्यसको कार्यानवयन गर्न सुरक्षा निकायको सहयोग लिने, सरकारी कार्यालय, सार्वजनिक संस्थाहरुले सकभर विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्ने, कर्मचारी उपस्थित भएरै सेवा प्रवाह गर्नुपर्ने अवस्थामा आवश्यकता हेरी कार्यालय प्रमुखले भिडभाड नगराई कार्यालय संचालन गर्ने निर्णय गरेको छ ।
अन्तर जिल्ला जानुपर्ने भएमा गन्तव्य स्थानयि तहको एवं जिल्लाको सहमति प्राप्त भए पछि मात्रा सहजीकरण व्यवस्था मिलाईने प्रमुख जिल्ला अधिकारी न्यौपाले बताउनुभयो । तत्काल अन्य जिल्लाबाट कामदार नल्याउने र नपठाउने, ल्उानुपर्ने भएमा सम्बन्धित निर्माण व्यवसायिको जिम्मामा १४ दिन क्वारेन्टनमा बस्ने गरी पिसिआर रिपोर्ट प्राप्त भएको ७२ घण्टा भित्र प्रवेश गरिसक्नु पर्ने निर्णय गरिएको छ ।
चहलपहल र भिडभाड कम गर्न दैनिक उपभोग्य तथा अति आवश्यक सामाग्री खरिद विक्रीका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्र पसल खोली खरिद विक्री गर्न आग्रह गरिएको छ । अनुमति प्राप्त सवारी बाहेकका सार्वजनिक तथा निजी सवारी संचालनमा पूर्ण रुपमा निषेध गरिएको छ ।