logo
२०८१ मंसिर १४ शुक्रवार



स्याङ्जामा दुई नेपाली सेनामा कोरोना सङक्रमण देखियो

प्रदेश |


स्याङ्जामा दुई नेपाली सेनामा कोरोना सङक्रमण देखियो
सांकेतिक तस्बिर


अर्जुन काफ्ले

स्याङ्जा, भदौ ३ गते ।  स्याङजाको पुतलीबजार-३ मा रहेको दुर्गाभञ्जन गुल्मका दुई नेपाली सेनामा कोरोना सङक्रमण भएकाे छ । दुर्गाभञ्जन गुल्मका ४१ वर्षीय हवल्दार र ३८ वर्षीय जमदारमा कोरोना सङक्रमण भएकाे हो ।

प्रहरीमा कोरोना सङक्रमण भेटिएपछि जिल्ला कारागारको सुरक्षाको लागि १६ जना नेपाली सेना राखिएकोमा दुई जनाका कोरोना पुष्टि भएको प्रजिअ गङ्गाबहादुर क्षेत्रीले जानाकारी दिनुभयो ।
कारागारमा रहेका एक ६० वर्षीय कैदीमा कोरोना पुष्टि भएपछि र सेनामा समेत सामान्य रुघा खोकी देखिएपछि पोखरामा उपचारको क्रममा पोजिटिभ देखिएको हो ।

कारागार सुरक्षामा रहेका थप १४ जना सेना र सङक्रमित कैदीको सम्पर्कमा रहेका कैदी र बन्दीको स्वाब लिइने क्षेत्रीले बताउनुभयो ।

स्याङ्जामा सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चालक, कैदीसहित ८६ जना समुदायकासहित सहित ३०६ जनामा कोरोना सङक्रमण देखिएको छ । सङक्रमितमध्ये २७२ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?