logo
२०८१ मंसिर १४ शुक्रवार



भैरहवामा एक साता थपियो बन्दाबन्दी

प्रदेश |


भैरहवामा एक साता थपियो बन्दाबन्दी


लक्ष्मण पौडेल

भैरहवा, भदौ ७ गते । कोरोना सङ्क्रमण फैलिँदै गएपछि सिद्धार्थनगरमा जारी गरिएको बन्दाबन्दीको अवधि एक साता थपिएको छ । सिद्धार्थनगर नगरपालिकाले भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेकोमा जिल्ला प्रशासनको निर्णयबमोजिम ७ गतेसम्म पु-याइएको थियो ।
नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले भदौ १४ गते राति १२ बजेसम्म बन्दाबन्दी कायम गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । बन्दाबन्दीको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरू सञ्चालन हुने उहाँले बताउनुभयो ।
नगरपालिकाका अनुसार स्वास्थ्यसम्बन्धी सबै कार्यहरू, दमकल, विद्युत, सरसफाइ, खानेपानी र अत्यावश्यक सेवा सञ्चालन गर्ने जनप्रतिनिधि, कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनहरूको साथमा परिचयपत्र हुनुपर्नेछ । त्यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थहरूको बिक्री वितरण आवश्यक दूरी कायम गरी बिहान छ बजेदेखि नौ बजेसम्म र साँझ पाँच बजेदेखि सात बजेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?