logo
२०८० चैत्र १५ बिहीवार



४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

खुला |


४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ
सांकेतिक तस्बिर


काठमाडौं, माघ ११ गते । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु. ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु. ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने ४४ वर्षीय श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो । काठमाडौंमा लुक्दै बस्ने गरेका प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्याएर पीडितलाई चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङगानाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?