logo
२०८० चैत्र १६ शुक्रवार



उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा अज्ञात क्षेप्यास्त्र प्रहार

अन्तर्राष्ट्रिय |


उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा अज्ञात क्षेप्यास्त्र प्रहार
फाइल फाेटाे


प्योङयाङ, माघ १३ गते । उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ ।

यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो । चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसङ्घमा अमेरिकाको प्रयासलाई रोकेका छन् ।

यो कदम उत्तर कोरियासम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बन्दसत्र बैठक अघि आएको हो । यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रो पटक यस्तो बैठक हुन लागेको, अल जजीराले जनाएको छ ।

उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ जसले ‘कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको छ ।’ यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?