बिहे भोजको खर्च अपाङ्गता भएका बालबालिकालाई सहयोग
गोरखापत्र अनलाइन
मंसिर १७, २०७७ बुधबार
कावासोतीका एक नवदम्पतीले बिहे भोजमा खर्च हुने रकमले अपाङ्गता भएकालाई खाद्यान्न सहयोग गरेका छन् । मंसिर १६ गते बिवाह गर्नुभएका नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिका १३ रुदौलीका चिरञ्जीवी पौडेल र अनु सुवेदीले बिहेपछि गर्ने भोजभतेर नगरेर अपाङ्गता भएकालाई सहयोग गर्नुभएको हो । बुधबार एक कार्यक्रमका बीच नवदम्पतीका परिवारको सहभागितामा कावासोती ८ मा रहेको मौलाकालीका अपाङ्गता सेवा संस्थालाई चामल, दाल, तेल, आलु,...