गाईलाई दाना खुवाउँदै , जन्मदिन मनाउँदै
गोरखापत्र अनलाइन
मंसिर १३, २०७७ शनिबार
तनहुँको व्यास नगरपालिका–१० दुम्सी, शिसुवामा रहेको गौमाता संरक्षण केन्द्रमा गएर जन्मदिन मनाउनेहरु बढ्न थालेका छन् । जन्मदिनमा हुने फजुल खर्च कटाएर गाईलाई दाना खुवाउँदै जन्मदिन मनाउने बढेसँगै गाईको पालनपोषणमा मद्धत पुगेको छ । पहिला महिनामा एक जना आउने गरेकोमा हाल दुईदेखि तीन जना आउन थालेको केन्द्रले जनाएको छ ।
शनिबार एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशीले आफ्नो जन्म दिन मनाउन विहानै केन्द्रमा पुग्नुभयो...