logo
२०८० चैत्र १५ बिहीवार



सोमालियामा निर्वाचनसम्बन्धी विवादपछि प्रधानमन्त्री निलम्बनमा

अन्तर्राष्ट्रिय |


सोमालियामा निर्वाचनसम्बन्धी विवादपछि प्रधानमन्त्री निलम्बनमा


मोगादिशु, पुस १२ गते । सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले सोमबार प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको घोषणा गर्नुभएको छ । सङ्कटग्रस्त यस अफ्रिकी मुलुकमा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा दुई नेताबीच विवाद भएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गर्नुभएको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले बताए ।

“राष्ट्रपतिले प्रधानमन्त्री मोहमद हुसेन रोब्लेलाई निलम्बन गर्ने र आफूले भ्रष्टाचार गरेको ठहरिएमा पदमा नरहने बताउनुभएको छ,” राष्ट्रपतिको कार्यालयले एक वक्तव्यमा भनेको छ ।

प्रधानमन्त्रीलाई जमिन ओगट्ने एक मुद्दाको छानबिनमा हस्तक्षेप गरेको र निर्वाचन प्रक्रियालाई लम्ब्याएको आरोप लगाउँदै निलम्बन गरिएको घोषणा गरिएको छ ।

फार्माजो भनेर चिनिने राष्ट्रपति मोहम्मद र प्रधानमन्त्री रोब्लेबीच लामो समयदेखि सत्ता सञ्चालनका विषयलाई लिएर सम्बन्ध विग्रिएको थियो । पछिल्लो घटनाक्रमले सोमालियाको राजनीतिक स्थिरतासहज नहुने नयाँ डर उत्पन्न गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विवाद र प्रधानमन्त्रीको निलम्बनले सोमालियामा तत्काल निर्वाचन नहुने हो कि भन्ने चिन्ता थपिएको छ ।

आइतबार रोब्लेले राष्ट्रपतिले निर्वाचन प्रक्रिया तोडफोड गरेको आरोप लगाउनुभएको छ । सोमबारको निलम्बन घोषणाप्रति कुनै प्रतिक्रिया नदिए पनि रोब्लेले भन्नुभयो, “फार्माजोले स्वस्थ तथा विश्वसनीय निर्वाचन गर्न नचाहेको बताउनुभएको छ ।

अप्रिलमा फार्माजोले नयाँ निर्वाचन नगरी आफ्नो कार्यकाल लम्ब्याएपछि सरकार समर्थक तथा विपक्षी लडाकूहरूले मोगादिशुको सडकमा प्रदर्शनहरू गरेका थिए भने दर्जनौँ मानिसको झडपहरूमा परी मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?