आन्तरिक पर्यटकले बढ्यो रुप्सेको रौनक
रासस
कार्तिक १४, २०७८ आईतवार
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ ।
बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर)अन्तर्गत पर्ने रुप्से झरनामा रमाउन देशका विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढेको हो । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा समय बिताउने गरेका...