दशैंमा देश दर्शन, यी हुन् नेपालका घुम्नै पर्ने स्थान
आशा साह
आश्विन २५, २०७८ सोमबार
शरद ऋतु, खुलेको निलो आकाश । सबै तिर हरियाली र स्वच्छ वातारवण । चाडवार्डको माहोल । स्वदेशभित्र घुम्नका लागि उपयुक्त मौसम, यो रमाइलो माहोलमा घुम्न कसलाई पो मन पर्दैन होला र ? शरद ऋतु न गर्मी न जाडो दुवै नहुने भएकाले दशैंको बेला घुम्न जानेको सङ्ख्या पछिल्लो वर्षदेखि बढ्दै गएको छ । दशैं बिदाको सदुपयोग गर्दै परिवारसहित घुम्न निस्कने ट्रेन्ड नेपालीहरुमा बढ्दो छ ।