पाँच महिनापछि खुल्यो तातोपानी कुण्ड, उपचारमा आउनेको भीड (फोटो फिचर)
गोरखापत्र अनलाइन
आश्विन १३, २०७८ बुधबार
म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रा देखि तातोपानी कुण्ड बन्द गरिएको थियो ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका रुपमा रहेको तातोपानी कुण्डलाई प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न अनुमति दिएको छ ।