परिवारका सदस्यलाई समेत सुविधा, यातायात खर्च दैनिक दुई हजार
छेटु शेर्पा
आश्विन १२, २०७८ मंगलवार
सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्षदेखि कर्मचारीलाई १० दिनको पर्यटन काज स्वीकृति दिनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले “पर्यटन काज कार्यविधि २०७८” तयार गरी कार्यन्वयनमा ल्याउने तयारी थालेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उल्लेख गरी पर्यटन क्षेत्र प्रवद्र्धन गर्न सरकारले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानमा कार्यरत कर्मचारीका लागि देशभित्रका गन्तव्यहरुको...