अस्पतालमै कुरान र जनेमाज, होटलबाट मगाइएको खाना
गोरखापत्र अनलाइन ,
बैशाख ९, २०७७ मंगलवार
इस्लाम धर्मालम्बी दुई नेपाली र ११ जना भारतीय नागरिक कोरोना संक्रमित भए पनि स्वास्थ्य अवस्था अति सामान्य रहेपछि आइसोलेशनमै कुरान मगाएर पढ्ने ईच्छा व्यक्त गरे पछि सो सुविधा उपलब्ध गराइएको हो ।
कोशीको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका सबै नागरिक मुस्लिम समुदायको मात्रै रहनु भएको छ । उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदबाट शनिबार ल्याएर उहाँहरुलाई अस्पतालमा भर्ना गरिएको हो