धरापमा विश्व व्यवस्था
गोरखापत्र अनलाइन
चैत्र १२, २०७८ शनिबार
कसैलाई थाहा छैन युक्रेनमाथि रुसको सैन्य हस्तक्षेपले सुरु भएको युद्ध कहिले र कुन रूपमा समाप्त हुन्छ । युद्धकै बीच तीन पटक दुवै देशबीच निकासका लागि वार्ता भइसकेको छ तर कुनै पनि पक्षले आफ्नो अडानबाट पछाडि हट्ने सङ्केत देखाएको छैन, सहमतिका लागि इजरायल, टर्की, भारत, चीनलगायतका देशबाट पहल भएको छ तर इतिहास, अर्काको क्षेत्र हडप्ने कुत्सित मनसाय र सुरक्षाका लागि अर्काको सहारा खोज्ने सेरोफेरोमा सुरु भएको युद्धले जति ढिलो...