थोत्रा टायरबाट सजाउने सामग्री
शान्ति लामा
पुष ६, २०७६ आईतवार
झण्डै तीन वर्षअघि ‘ग्रिनोभेसन च्यालेन्ज’मा भाग लिएपछि ओजस्वी वैद्यलाई वातावरणमैत्री उद्यमशीलताले आकर्षित ग¥यो । त्यसपछि काम नलाग्ने भई फालिएका गाडीका पाङ्ग्राहरूलाई केही गर्न सकिन्छ कि ? भनी सोच्न थाल्नुभयो । यस्तै सोच मिल्ने केही साथीसँग पनि भेट भयो ।