प्रदूषण घटेसँगै सुन्दर बन्यो कान्तिपुर
लक्ष्मी खतिवडा
बैशाख २५, २०७७ बिहीबार
कोरोना भाइरसले बन्दाबन्दी (लकडाउन)का कारण मानवीय चहलपहल नहुँदा अहिले काठमाडौँको वातावरण अत्यन्तै स्वच्छ, सफा र हरियालीले भरिएको छ । फूलहरू फुलेका छन् । वर्षात् अनि न जाडो न गर्मी ठिक्कको मौसमले प्रकृति मख्ख परेकी छन् । हरियालीका बीचमा सफा सडकले कान्तिपुरी नगरी मुस्काइरहेकी छन् ।