ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकीको भवन अधुरै
रासस
माघ १२, २०७८ बुधबार
ठेकेदारको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन हालसम्म अधुरै अवस्थामा छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, सोही नगरपालिका ६ मङ्गलटार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा स्वास्थ्यचौकी भवन निर्माण पूरा हुन सकेको छैन ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ...