‘स्वास्थ्य मन्त्रालय तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैन’
रासस
माघ ४, २०७८ मंगलवार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताउनुभयो । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने...