प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ
रासस
बैशाख २, २०७७ मंगलवार
मुख्य रुपमा हाम्रो काम भनेको नीति निर्माण भए पनि विपद्मा जनतालाई सचेत गराउने, सरकारको काम कारबाहीमा सहयोग पु-याउने नै भएकाले पनि त्यो हाम्रो कर्तव्य थियो । विपद्सँग जुध्न प्रेरित गर्ने कुरा नै महत्वपूर्ण हो, यतिखेर । सुरक्षाकर्मी र चिकित्सकले अहोरात्र खटेर काम गर्नुभएको छ । उहाँहरुलाई हौसला दिने र प्रोत्साहित गर्ने काम भएको छ । त्यस आधारमा हेर्दा पनि प्रतिक्रिया सकारात्मक नै आएको छ ।