स्वास्थ्य सामग्री : विशेषज्ञ आए, सामान बुझाए, गए !
रासस
चैत्र १८, २०७६ मंगलवार
ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ आइपुग्नुभएको थियो । डा गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली वरिष्ठ जनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।