सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु
रासस
चैत्र १, २०७६ शनिबार
चैत महिना शुरु भएसँगै दार्चुलासहित सुदूरपश्चिमभरि भिटौला पर्व शुरु भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ ।