जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न आग्रह
रासस
फाल्गुन २७, २०७६ मंगलवार
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले जनताको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न जनप्रतिनिधलाई आग्रह गर्नुभएको छ ।
खोटाङको दिक्तेलमा आज आयोजित कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले स्थानीय तहका जनप्रतिनिधि जनतासँग सिधा सम्पर्कमा हुने भएकाले जनचाहनाअनुसार काम गर्न आग्रह गर्नुभयो । “जनताको आशा र भरोसा स्थानीय तहका जनप्रतिनिधिमाथि रहेको छ”, उहाँले भन्नुभयो,...