कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति देउवा
रासस
फाल्गुन २१, २०७६ बुधबार
पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने,...