साँघुरा सडक र चालकको लापरबाहीले दुर्घटना बढ्यो
रासस
पुष २३, २०७८ शुक्रबार
पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् ।
गत आइतबार पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको बस दुर्घटनामा पनि साँघुरो सडक र चालकको लापरबाहीलाई नै प्रमुख कारण मानिएको छ ।