सांस्कृतिक पहिचान फैलाउन आवश्यक - मन्त्री बाँस्कोटा
रासस
माघ २४, २०७६ शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै जाति, भाषा, धर्म र संस्कृतिको अन्तरघुलनबाट सांस्कृतिक पहिचानलाई फैलाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल तामाङ घेदुङ पाँचखाल नगरपालिका–१ वडा समितिको आयोजनामा पाँचखाल नगरपालिका–१ अनैकोटमा आज भएको २८५६औँ जिवा सोनाम ल्होछारका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले मिश्रित बस्तीभित्र मिश्रित कुरा हुने भएकाले व्यापक...