कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
रासस
माघ २२, २०७६ बुधबार
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ भनेर प्रश्न गर्नुभयो ।