सरकार सही गतिमा छ : मन्त्री भट्टराई
रासस
माघ २०, २०७६ सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको जिकिर गर्नुभयो ।