सेवा मापदण्डमा दैलेख अस्पताल देशकै दोस्रो
रासस
माघ १०, २०७६ शुक्रबार
जिल्ला अस्पताल कार्यालय दैलेख देशभरका अस्पतालको न्यूनतम सेवा मापदण्डमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको छ । देशभरका ८४ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डबारे गरिएको सर्वेक्षणका आधारमा दैलेख जिल्ला अस्पताल ९२ प्रतिशत अङ्क ल्याएर उत्कृष्ट सेवा प्रवाह गर्ने अस्पतालमा परेको हो ।