तनहुँ जलविद्युत आयोजना : एक अर्ब ३० करोड मुआब्जा वितरण
रासस
पुष २०, २०७८ मंगलवार
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ ।
आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युतगृहको पहुँचमार्गका लागि १५० रोपनी क्षेत्रफल अधिग्रहण...