जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ
कालापानी विषय शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः दाहाल
लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमा नदी हो, यसमा कहीँ कतै अन्योल छैन
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको छ ।
जीप दुर्घटनामा दुईको निधन
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक
हाम्रो साईकल पाँच/छ वर्ष पुरानो आल्मुनियमको हो । कार्वनको राम्रो साईकलभएकाहरुसँग प्रतिष्पर्धा कठिन भएपनि आत्मवलकै कारणले पनि उनीहरुलाई जित्यौँ
आगो लगाएर हत्या गरेको आरोप
शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।
नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन : नेता खनाल
पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
अपाङ्गतामैत्री छैनन् सरकारी भवन
बाँकेका सरकारी कार्यालय अझैसम्म अपाङ्गतामैत्री हुनसकेका छैनन् । अपाङ्गतामैत्री सरकारी कार्यालय नहुँदा अपाङ्ता भएका व्यक्ति यो समस्या विद्यमान रहँदा आफूहरुको जीवन कष्टकर बन्दै गएको पीडा पोख्दै आएका छन् ।
एक वर्षमा ९७२ ले गराए गर्भपतन
पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।
एकीकरण हुँदै सहकारी
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ ।