ग्रामीण सडकमा सञ्चालित अधिकांश यातायात बिना अनुमतिका
रासस
पुष १७, २०७८ शनिबार
जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ ।
अहिले जिल्लाका दशवटै स्थानीय तहमा साना तथा ठूला यातायातका सवारी साधन दैनिकरुपमा सञ्चालन भइरहेको छ । तर, ग्रामीण सडकमा सञ्चालन हुने केही सवारी साधनले मात्र अस्थायी रुट पर्मिट लिएको पाइएको हो । रुट पर्मिटका लागि जिल्ला प्रशासन...