सुस्तामा आठ महीनामा बिजुली बल्ने
रासस
कार्तिक ६, २०७६ बुधबार
अन्धकारमा बस्दै आएका सुस्तावासीलाई बिजुलीको पहुँचमा पु¥याउने उद्देश्यले सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण थालिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा निर्माण हुनलागेको ग्रिडको मङ्गलबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभयो ।