तोरीको बीउ अनुदानमा वितरण
रासस
आश्विन २२, २०७६ बुधबार
जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ । दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ ।