विश्व पर्यटन दिवसमा प्रभातफेरी
आज ४०आँै विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाउन लागिएको हो ।
‘प्रदेश सरकारको प्राथमिकता सुशासन’
गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संविधान, कानून र प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सुशासन आवश्यक रहेको बताउनुभएको छ ।
विकासमा साझेदारी हुन्छः मन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ ।
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो ।
उपनिर्वाचनः नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।
दशैँसम्मै मनसुन सक्रिय रहने सम्भावना
यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ
कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ ।
नेप्सेको ओरोलो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ ।
उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना दर घट्यो - पर्यटनमन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताउनुभएको छ ।
आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् ।