नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो कि ? : शिक्षामन्त्री पौडेल
रासस
पुष ५, २०७८ सोमबार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो कि भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षामन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गर्नुभयो...