सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी
रासस
मंसिर ९, २०७८ बिहीबार
पहिराेले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो ।
प्रदेश नं १ सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु १० लाखको आर्थिक सहयोगमा नहरको मर्मत सुरु गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण राजवंशीले नहरका कर्मचारी,...