आज कमला नदीमा अनौठो भूत मेला हुँदै
रासस
मंसिर ३, २०७८ शुक्रबार
धनुषा र सिराहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ । कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो भूत मेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर तथा जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान...