मुस्ताङको आकर्षण स्याउ पछि आलु
रासस
कार्तिक २५, २०७८ बिहीबार
मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत...