झिनियाँबाटै एक सिजनमा छ लाख रूपियाँ आम्दानी
रासस
कार्तिक १९, २०७८ शुक्रबार
दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको छ ।